Wednesday, May 15Nepal News Portal
Shadow

बीमा कम्पनीको प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रकृयाँ अगाढी बढ्दै


काठमाडौं । ४ बीमा कम्पनीको प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रकृयाँ अगाडी बढेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रकृयाँ अन्तिम चरणमा पुगेको धितोपत्र बोर्डले जानकारी दिएको छ । २ कम्पनीले आवस्यक कागपत्र जुटाएको खण्डमै छिट्टै अनुमति पाउने छन् ।

सन नेपाल र आइएमईले अधिकाङ्स कागजपत्र जुटाइसकेको हुँदा अवको केहि समय भित्रै कम्पनीको आइपिओ निष्काशन प्रकृयाँमा आउने दाबी विरोधको समय तोकिनेछ । त्यस अवधिमा आउने उजुरीलाई संबोधन गरेर बोर्डले आइपिओ निष्काशनको अनुमति प्रदान गर्नेछ ।

आइपिओ निष्काशनका लागि निवेदन दिएका रिलायबल नेपाल र सिटिजन लाइफले भने आवस्यक प्रकृयाँ कागजपत्र नै जुटाउन बाँकी छ । सबैभन्दा पहिला प्रिमियममा आइपिओ निष्काशनको अनुमति माग्दै आवेदन दिएको रिलायबल नेपालले अझै आवस्यक कागजपत्र जुटाउन सकेको छैन । महालक्ष्मी लाइफले पनि प्रिमियममा आइपिओ निष्काशनका लागि निवेदन दिए पनि बोर्डको वेवसाइटमा हालिसकेको छैन ।

रिलाबयल नेपालले १२० रुपैयाँ प्रिमियम थप गरी २२० रुपैयाँको दरमा एक करोड २० लाख कित्ता आइपिओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । त्यस्तै सिटिजन लाइफले प्रिमियम सहित २९० रुपैयाँको दरमा एक करोड १२ लाख ५० हजार कित्ता शेयर बिक्री गर्दैछ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १३४ रुपैयाँ प्रिमियम सहित २३४ रुपैयाँको दरले ९० लाख कित्ता आइपिओ निष्काशनको स्वीकृति माग गरेको छ ।

स्वीकृतिको अन्तिम चरणमा रहेको सन नेपाल लाइफले प्रिमियम सहित २५०.५५ रुपैयाँको दरमा ९६ लाख कित्ता र आइएमई लाइफले प्रिमियम सहित प्रतिकित्ता २७६ रुपैयाँको दरमा एक करोड २० लाख कित्ता शेयर बिक्री गर्ने भएको छ ।

Total Page Visits: 160 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्