Wednesday, May 15Nepal News Portal
Shadow

घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुन तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन बिहीबार तोलाको १ लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी तोलाको १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

Total Page Visits: 155 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्