Monday, April 29Nepal News Portal
Shadow

यो दसैँमा नयाँ नोट साट्ने मितिको अत्तोपत्तो छैन


काठमाडौं । गत वर्षको दसैँ आउनुभन्दा एक महिना अगाडि नै नयाँ नोट सट्ने मिति तय भएको थियो । तर नेपाल राष्ट्र बैंकले यो वर्ष भने कहिलदेखि नयाँ नोट सटही गर्ने भन्ने निर्णय लिन सकेको छैन् । यो वर्षको दसैँ आउन अब २३ दिन मात्र बाँकी छ । काठमाडौंबाट दसैँ मनाउन गाउँ जानेहरूले आफ्नो बन्दोवस्त मिलाउन थालिसकेका छन् ।

तर, नयाँ नोट यो वर्ष कहिलेबाट सटही गर्ने भनेर अहिलेसम्म आधिकारिक निर्णय नभएको नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता डा. डिल्लिराम पोखरेल बताउँछन् । राष्ट्र बैंकले यो वर्ष पनि सधैझैं नयाँ नोट प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ नै दिने उनले बताए ।

“गएका वर्षहरूमा जस्तै यो वर्ष पनि हामीले प्रतिव्यक्ति १८ हजार रुपैयाँका दरले नै नयाँ नोट सटही गर्ने छौं । तर, कहिलेबाट नयाँ नोट सटही सुविधा दिने भनेर हामीले निर्णय गरेका छैनौं,” उनले भने, “नयाँ नोट बैंक तथा वित्तीय संस्थामा कति आवश्यक छ भनेर हामीले हाम्रो नोटकोष भएका वाणिज्य बैंक र नेपाल बैंकलाई मगाएका छौं । विवरण आएपछि त्यही अनुसार हामी निर्णय गछौं ।”

गत वर्ष दसैँको फूलपाति असोजको १७ गते थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई असोज २६ गतेदेखि र सर्वसाधारणलाई नयाँ नोट असोज २९ गतेदेखि बाँड्ने भनेर असोज १४ गतेभन्दा अघि नै निर्णय गरेको थियो । यो वर्षको दसैँको फूलपाति कात्तिक ४ गते र विजयादशमी कात्तिक ७ गते छ । दसैँ आउन २३ दिनबाँकी रहँदा पनि राष्ट्र बैंकले नयाँ नोट सटही सुविधाको कुनै निर्णय गरेको छैन ।

सह–प्रवक्ता पोखरेलका अनुसार आन्तरिक छलफल भने भइरहेको छ । केही दिनमा नै यसबारे निर्णय हुने उनी बताउँछन् । ५, १०, २०, ५० र १०० का एक पण्डलमा १८ हजार ५०० हुने भएकाले पनि प्रतिव्यक्ति १८ हजार ५०० दिइने पोखरेल बताउँछन् ।

गत वर्ष २२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा राष्ट्र बैंकले पठाएको थियो ।

Total Page Visits: 176 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्