Wednesday, May 15Nepal News Portal
Shadow

असोज १ गतेदेखि खाद्यका सहुलियत पसल सञ्चालनमा आउँने


काठमाडौं । आउँदै गरेको दशैं, तिहार छठ जस्ता बिभिन्न चाडपर्वलाई मध्यनजर गर्दै खाद्यान्नका सहुलियत पसल असोज १ गतेदेखि सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार विभिन्न ३९ जिल्लाका ४३ स्थानमा सहुलियत मूल्य पसल असोज १ गतेदेखि सञ्चालनमा आउँने भएका हुन् ।

आम उपभोक्तालाई प्रमुख चाडपर्वका अवसरमा सहज रूपमा सुलभ मूल्यमा दैनिक उपभोग्य खाद्य सामग्रीहरू उपलब्ध गराउँदै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले त्यसलाई यो वर्ष पनि निरन्तरता दिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सहुलियत पसलमा नुन, तेल, चामल, चिनी, चिउरा, गेडागुडीदेखि मासुसमेत छुट सहित सुलभ मूल्यमा पाइने छ । सहुलियत पसलमा तेल, चामल, दाल, चिउरा, पिठोमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा दुई रुपैयाँ, भटमासको तेल, गेडागुडी र कर्णाली सिमीमा प्रतिकिलो १० रुपैयाँ तथा च्याङ्ग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने छ ।

Total Page Visits: 980 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्