Wednesday, May 15Nepal News Portal
Shadow

अर्थतन्त्र संकटमा त छ, तर श्रीलंकाको स्थितिमा जाँदैनः प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्थतन्त्र श्रीलंकाको स्थितिमा जाने अवस्था नरहेको दाबी गरेका छन् ।

नीति तथा कार्यक्रमबारे राष्ट्रियसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले अर्थतन्त्र दबाब र अफ्ठ्यारोमा भए पनि त्यस्तो आतंक फैलाउन नहुने बताए ।

“अर्थतन्त्र दबाबमा छ । अफ्ठ्यारोमा छ । श्रीलंकातिर जाँदै छ भन्ने साँचो होइन । अनावश्यक आतंक सिर्जना गर्ने झुठो कुरा कसैले गर्नु हुँदैन,” प्रधानमन्त्रीले भने, “संकटमा त छ, श्रीलंकको स्थितिमा जाँदै छैन । सूचकले त्यस्तो देखिँदैन ।”

उनले राजश्व वुद्धि गर्न आवश्यक रहेको बताए । चोरी पैठारी रोक्नुपर्ने, करको दायरा बढाउने, राजश्व छली गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने, भ्रष्टाचारलाई दृढताका साथ घटाउन सके अर्थतन्त्र लयमा आउने उनले बताएका छन् ।

Total Page Visits: 125 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्