Wednesday, May 15Nepal News Portal
Shadow

स्टिल उत्पादनमा आत्मनिर्भर बन्दै नेपाल


काठमाडौं । सरकारले जारी गरेको परिमार्जित बजेटले नेपाल स्टिल बिलेट उत्पादनमा आत्मनिर्भर बन्ने बाटो खुलेको छ । सरकारले चालु बजेटलाई प्रतिस्थापन गर्न शुक्रबार जारी गरेको आर्थिक विधेयकमा स्टिल बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको आयातमा लाग्दै आएको भन्सार महशुल शून्य गरेपछि यसमा नेपाल आत्मनिर्भर बन्ने बाटो खुलेको हो ।

डन्डी उद्योगमा बढी मूल्य अभिवृद्धि हुनेगरी सरकारले गरेको नीतिगत व्यवस्थाले स्पन्ज आइरनको भन्सार शून्यमा झारेको मात्रै नभई आयातित बिलेटमा लाग्ने अन्तःशुल्क समेत बढेकाले उद्योगीहरू उत्साहित रहेका छन् । यसले डन्डी बनाउने उद्योगलाई समेत स्पन्ज आइरनबाट बिलेट बनाउने उद्योग स्थापना गर्ने वातावरण बनेको छ ।

नेपालमा अहिले १२–१३ लाख टन बिलेटको माग रहेको छ । जसमा नौ लाख टनको अहिलेको क्षमता छ । तर करका कारण लागत खर्च धेरै भई फाइदा कम हुने भएकाले क्षमताको आधा पनि उत्पादन नहुने अवस्था रहँदै आएको थियो । भन्सार महशुल शुन्य गरेसँगै हालको उत्पादन क्षमताअनुसार नै स्टिल उद्योगहरूले उत्पादन गर्नसक्ने भएका छन् । साथै, चार लाख टन स्टिल बिलेट प्लान्ट निर्माणाधिन अवस्थामा रहेकाले यसबाट समेत उत्पादन सुरु भएपछि नेपाल स्टिल बिलेटमा आत्मनिर्भर हुने अवस्था बनेको छ ।

Total Page Visits: 492 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्