Thursday, May 16Nepal News Portal
Shadow

चार दिनसम्म बन्धक बनाई १७ वर्षीया किशोरीलाई बलात्कार, एक व्यक्ति पक्राउ


काठमाडौं, (ससं) । भक्तपुर जिल्लाको कौशलटारमा एक १७ वर्षीया किशोरीलाई बिवाह गर्छु भनि ल्याएर चार दिनसम्म बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २७ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका–४ सन्तनगर घर भई हाल कौशलटारमा डेरा गरी बस्ने २७ वर्षीय दुर्गानन्द चौधरी रहेकबा छन् ।
उनले उदयपुरको गाईघाट घर भएकी १७ वर्षीया किशोरीलाई कोठामा राखेर चार दिनसम्म जबरजस्ती करणी गरेको महामनगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको हो ।
‘विवाह गर्छु, घुम्न जाउ’ भनेर किशोरीलाई गाईघाटबाट बसमा चढाई कौशलटारस्थित डेरामा ल्याएर किशोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको पाइएकोप्रहरीले जनाएको छ ।
चौधरीले ११ फागुनदेखि १४ फागुनसम्म किशोरीलाई कोठामा राखेर जबजस्ती करणी गरेका प्रहरीले जनाएको छ ।
किशोरीले अभिभावकको सहयोगमा २१ फागुनमा चौधरीविरुद्ध जबरजस्ती करणी आरोपमा किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । चौधरीलाई मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरिएको हो ।

भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

Total Page Visits: 789 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्