Tuesday, May 14Nepal News Portal
Shadow

औद्योगिक वातावरण बनाउनु सरकारको लक्ष्य : मन्त्री रिजाल


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार उद्योगी व्यवसायीको समस्यालाई समाधान गरी मुलुकमा औद्योगिक वातावरण बनाउन लागिपरेको बताएका छन्।

मन्त्रालयद्वारा वीरगन्जमा आयोजित सरकारको वाणिज्य नीतिसम्बन्धी मधेस प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफलमा उनले उद्योगी व्यवसायीले उठाउँदै आएको लेवलिङ, कर तथा आयात र निर्यात लगायतका समस्याप्रति सरकार गम्भीर रहेका बताए । उनले यो समस्या छिट्टै समाधान हुने पनि जानकारी दिए ।

‘मुलुकको अर्थतन्त्रका मेरुदण्ड उद्योग, व्यवसायी भएकाले उद्योगी व्यवसायीको समस्या समाधान गरी मुलुकमा औद्योगिक वातावरण निर्माण गर्नु सरकारको लक्ष्य छ,’ मन्त्री रिजालले भने, त्यसैले सरकारद्वारा ल्याउन लागिएको वाणिज्य नीतिका विषयमा सरोकारवालासँग छलफल अघि बढाइएको हो।’ सरोकारवालाको सुझावका आधारमा सरकारले वाणिज्य नीति ल्याउने उनको भनाइ थियो।

राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक लगायतका परिवर्तन अझै परिवर्तन हुन नसकेकाले मुलुकको अर्थतन्त्र सुदृढ हुन नसकेको जिकिर गर्दै मन्त्री रिजालले अब राजनीतिक स्थिरता कायम गरी आर्थिक र सामाजिक रुपान्तरणमा सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताए।

सरकारले घोषणा गरेको वीरगञ्ज–पथलैया आर्थिक करिडोरलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।

Total Page Visits: 102 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्