Saturday, May 4Nepal News Portal
Shadow

अर्थमन्त्री महत भन्छन्ः महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैन


काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बाताएका छन्।

शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको र अब कसैले रोक्न नसक्ने दाबी गरेका हुन्।

‘सुन्दा यो सामान्यजस्तो लाग्छ, पछि मान्छेले थाहा पाउँछन्, यो दुरगामी अवधारणा हो। महत्वपूर्ण सुरुवात भएको छ, यसलाई कार्यान्वयनमा लैजानुपर्छ। देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ, कार्यक्रममा मन्त्री महतले भने, ‘नेपालमा धेरै ठूलो संख्यामा युवाहरू विदेशिन्छन्। महिलाको तुलनामा पुरुषको संख्या ठूलो छ। त्यसैले यहाँ कसैले स्थिरता दिन सक्छन् भने ति महिलामात्र हुन्।’

ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको हुँदा यसलाई राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्ने उनले प्रतिवद्धता गरे।

‘‘अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको छ। डिटिजल संसारले एउटा अवसर पनि दिएको छ। बजारिकरण सहजै गर्न सकिन्छ। महिला उद्यमीले उत्पादन गरेका वस्तु प्रविधिलाई भरपूर उपयोग गरेर बजारीकरण गर्नुपर्छ,’ उनले भने।

सा–सानो स्केलमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाझ पुर्‍याउनु सरकारले भरपूर सहयोग गर्ने उनको भनाइ छ। दक्षिण एसियाली महिला मञ्चले राम्रो नेटवर्क विकसित गर्न सक्यो भने काम लाग्न सक्ने मन्त्री। महतले बताए ।

Total Page Visits: 129 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्