Sunday, April 28Nepal News Portal
Shadow

मुक्तिनाथ कृषि कम्पनी: कृषि औजारदेखि विउविजनसम्म


सीता बुढाथोकी

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लगानीमा सञ्चालित मुक्तिनाथ कृषि कम्पनीमा कृषि औजारदेखि विउविजनसम्म पाइन्छन् । यो कम्पनीमा मुक्तिनाथ विकास बैंकको लगानीमात्र हैन सर्वसाधारणको लगानी भित्र्याउन नेपाल धितोपत्र बोर्डमा निवेदनसमेत दिइएको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नेछ ।

काठमाडौंको बसुन्धारामा यो कम्पनीको केन्द्रीय कार्यालय रहेको छ । कम्पनीले युवा पुस्तालाई कृषि व्यवसायमा आकर्षण गर्ने प्रमुख उद्देश्यका लिएको छ ।

कम्पनीले आफ्ना उद्देश्य अनुसार हाल कृषकहरूलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनहरू जस्तैः– मल, बिउ, रोग तथा किरा नियन्त्रक, औजार/उपकरणसहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारका साथै कृषि उत्पादनहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी कार्यहरू गर्दै आएको छ ।

यस कम्पनीले कृषिमा विशिष्टिकृत वस्तु तथा सेवाहरू प्रदान गर्नका लागि सहायक कम्पनीहरूको स्थापनासमेत गरेको कम्पनीका ब्रान्डिङ एण्ड मार्केटिङ डिपाट्मेन्ट हेड रोशन मल्लले बताए ।

यसका साथै कम्पनीले लाखौँ युवाहरूलाई प्रत्यक्ष रोजगारीका साथै स्वरोजगार बनाउने लक्ष्य लिएको उनले बताए । हालसम्म मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा ९ ओटा पब्लिक कम्पनीहरू स्थापना गरिएको मल्लले बताए ।

उनले भने, “त्यसमा चाँहि मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ फर्टिराइजर बैंक, मुक्तिनाथ नर्सरी बैंक, मुक्तिनाथ लाइफस्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फुड बैंक, मुक्तिनाथ एग्रो कम्पनी, मुक्तिनाथ ट्रेडिङ कम्पनी, मुक्तिनाथ आइटी गरेर ९ ओटा सहायक कम्पनी खोलेको छ ।

९ ओटा कम्पनीले के–के काम गर्दछन् ?

मुक्तिनाथ सिड बैंकले नेपालमा रहेको लोकल सिडलाई उत्पादन गरेर किसानहरू माझ पुर्याउनुका साथै विदेशमा रहेको पब्लिक कम्पनीहरूमा एसोसिड रहेर त्यसलाई ल्याएर उत्पादकत्व बढाउने हिसाबले किसानहरूमाझ पुर्याउने काम गने गर्दछ ।

मुक्तिनाथ फटिराइजर बैंकले पनि नेपालमा रहेको अर्गानिक वायु फटिराइजरहरूलाई कृषकहरूमाझ पु¥याउने गर्दछ ।

नर्सरी बैंकले विभिन्न फलफूल लगाएतका विभिन्न जातका नर्सरी विरुवाहरूलाई उत्पादन गरेर बिक्री वितरण गर्ने गर्दछ ।

मुक्तिनाथ लाईकस्टक बैंकले विभिन्न गाई वस्तु र माछा सम्बन्धि जतिपनि कुरा छन् यसलाई चाँहिने कुराहरू इम्पोर्ट अदरवाइज गरेर बिक्रि वितरण गर्ने कार्मे गर्दछ ।

मुक्तिनाथ हर्बल बैंकले बहुआयामिक वस्तुहरूलाई सोसिङ गरेर त्यसलाइै यक्सफोट्र गर्ने काम गर्दछ ।

मुक्तिनाथ फुड बैंकले किसानहरूले उत्पादन गरेको कृषि उपजहरूलाई कलेक्सन गरेर ग्रेडिङ प्रोसेसिङ प्याकेजिङ गरेर फुड मार्टहरूबाट उपभोक्ता माझ पुर्याउने काम गर्दछ ।

मुक्तिनाथ ट्रेडिङ कम्पनीले सम्पूर्ण कुराहरूलाई कलेक्सन साथसाथै सबै कुराहरूको व्यावस्थापन गर्ने काम गर्दछ ।

मुक्तिनाथ कृषि कम्पनीले वस्तु तथा सेवा प्रदान गर्न पहाडको लागि स्याङजामा र तराईको लागि चितवनमा र्फाम उत्कृष्टता केन्द्र स्थापना गरेको छ । मुक्तिनाथ कृषि कम्पनीमा प्रत्यक्ष रूपमा १०० जना कामदारहरू कार्यारत रहेका छन् ।

कृषि क्षेत्रका प्रमुख समस्याहरू :–

बजारको माग र आपूर्ती बिच एकदम असन्तुलन छ । स्थानीय सम्भाव्यताको परियोजनाहरूको विकासमा एकदम अभाब छ । युवा पुस्ताहरू कृषिमा आउन खोजदैनन् । अन्य ठाउँमा १५ हजारको जागिर खान तयार छन् तर र्फाममा ३०–३५ हजार दिदाँ पनि र्फाममा गएर काम गर्न मान्दैनन् । त्यसकारण युवा पुस्तालाई कृषिमा आकर्षण गर्ने पनि मुक्तिनाथ कृषि कम्पनीको मुख्य उद्देश्य हो । संस्थागत कृषि मूल्य शृखलाको विकासमा अभाव छ । संस्थागत कृषि मूल्य शृखलाको अभावका कारण मुक्तिनाथ कृषि कम्पनीले सहकारीमा आधारीत कृषि स्रोत केन्द्रको रुपमा विकास गर्न खोजेका छ ।

मुक्तिनाथ कृषि कम्पनीको अवधारणा अन्तरगत एग्री कल्चर रिसो सेन्टर (ए.आर.सी.), एग्री कल्चर प्रोसेर सेन्टर (ए.पी.सी.) एग्रीकल्चर मार्केट सेन्टर (ए.एम.सी) र एग्री कल्चर बिजनेस सेन्टर (ए.बी.सी.) गरी ४ ओटा अबधारणा अन्र्तरगत आफ्ना कामहरू अगाडि बढाएको छ ।

ए.आर.सी. अन्र्तरगत मुक्तिनाथ कृषि कम्पनीले आफ्ना वस्तु तथा सेवाहरू कृषकमाझ पुर्याउने काम गर्दछ । ए.पी.सी. अन्र्तरगत कृषकहरूले उत्पादन गरेको उपजहरूलाई जम्मा गर्ने गर्दछ । ए.एम.सी अन्र्तरगत भ्यालुएड गरेका सामानहरू बजारसम्म पुर्याउने काम गर्दछ । ए.बी.सी अन्र्तरगत एग्रिकल्चर सम्बन्धी सर्भिस जसलाई चाँहिन्छ उनिहरूलाई विभिन्न सर्भिस पुर्याउने गर्दछ ।

रोसन मल्लका अनुसार “कृषकसँग मुक्तिनाथ” अभियान अन्र्तरगत मुक्तिनाथ कृषि कम्पनी र मुक्तिनाथ विकास बैंक मिलेर एउटा तालिम सुरु गरेको छ । त्यो अन्र्तरगत कृषकलाई चाँहिने कृषि सम्बन्धी टेक्निकल कुरा मुक्तिनाथ कृषि कम्पनी प्रदान गर्दछ भने फाईनासीयल लीप्रेबीको काम चाँहि मुक्तिनाथ विकास बैंकले गर्दछ । मुक्तिनाथ कृषि कम्पनीले सरकार समक्ष कृषि क्षेत्रको समग्र विकासको लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्र्तरगत एकिकृत कृषि विकास प्राधिकरणको माग राखेका छन् ।

Total Page Visits: 216 - Today Page Visits: 4
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्