Sunday, May 5Nepal News Portal
Shadow

रोचक विश्व

यस्तो ठाउँ जहाँ सर्पले गरिन्छ मसाज (भिडियो सहित)

यस्तो ठाउँ जहाँ सर्पले गरिन्छ मसाज (भिडियो सहित)

रोचक विश्व
काठमाडौं । संसारमा यस्ता कुराहरु हुने गर्छन् जुन हामीलाई अचम्म लाग्छ । यस्तै एउटा अचम्मको कुराछ आज हामी तपाईलाई जानकारी दिनेछौँ । सुन्दा साँच्चिकै अनौठो छ तर यो सत्या हो । विश्वमा एउटा यस्तो मसाज पार्लर पनि रहेको छ, जहाँ सर्पले मसाज गरिन्छ । मिश्रको यो मसाज पार्लर अहिले चर्चाको विषय बनेको छ । यहाँ सर्पले मसाज गरिन्छ ।हालै मात्र मसाजको एक भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ ।   भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला...
दक्षिण अफ्रिकाकी एक महिलाले दिइन् एकै पटक १० बच्चालाई जन्म

दक्षिण अफ्रिकाकी एक महिलाले दिइन् एकै पटक १० बच्चालाई जन्म

रोचक विश्व
काठमाडौं । दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियाको एक अस्पतालमा १० सन्तानलाई जन्म दिएकी छिन् । उनले एकैपटक सात छोरा र तीन छोरीलाई जन्म दिएको हुन् । पूरा अवधि नपुगी जन्मिएका बच्चाहरूलाई अहिले अस्पतालमै राखिएको छ। एउटा रिटेलस्टोर म्यानेजरको काम गर्ने गोसियामीले यसअघि पनि जुम्ल्याहालाई जन्म दिएकी थिइन्। उनले अब जन्मेका बच्चाहरूलाई आफू र श्रीमानले हुर्काउन नसक्ने भन्दै सहयोगको अपिल गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यसअघि गत महिना अर्को अफ्रिकी मुलुक माली एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएकी थिइन्। मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएकी हुन्।...
पूर्वप्रेमिकाको बिहेमा महिलाको पहिरन लगाएर गएपछि …..

पूर्वप्रेमिकाको बिहेमा महिलाको पहिरन लगाएर गएपछि …..

रोचक विश्व
काठमाडौं । आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण यसलाई लिन सकिन्छ । भारतको उत्तर प्रदेशस्थित भदोही गाउँका एक युवक आफ्नी पूर्व प्रेमिकाको विवाह समारोहमा उनकै घरमा महिलाको पहिरनमा लुकेर छिरे । उनी पूर्व प्रेमिकाको घर पुग्दा त्यहाँ विवाहको धुमधाम तयारी भइरहेको थियो । तर ती युवक भने नक्कली कपाल जोडेर, महिलाको कपडा लगाएर, फेसमा मेकअप समेत गरेर महिला जस्तै बनेर पूर्व प्रेमिकाको घर पुगेका थिए । रोचक त के भने उनी लेडीज चप्पल लगाएर र लेडीज ब्याग बोकेरै प्रेमिकालाई लुकेर चियाउन त्यहाँ पुगेका थिए । जब ती युवकको टाउकोबाट नक्कली कपाल बाहिर झर्न थाल्यो त्यसपछि वरपरका मानिस दंग परेर उनलाई हेर्न थाले । धेरैले ती युवकलाई समातेर उनीबारे सोधपुछ गर्न थाले । युवकले सत्य कुरा सबै बताए । खासमा त्यस दिनकी वेहुली ती युवककी पूर्व प्रेमिका थिइन् । उनले आफू कसैलाई थाहा नदिइकन लुकेर प...