Sunday, May 5Nepal News Portal
Shadow

रोचक विश्व

हामीलाई हाई किन आउँछ ? थाहाँ पाउनुहोस् यसको तथ्य

हामीलाई हाई किन आउँछ ? थाहाँ पाउनुहोस् यसको तथ्य

रोचक विश्व
काठमाडौं । हामी धेरैको विश्वास के छ भने कुनै मानिसले गरिरहेको काम वा कुराले हामीलाई निकै विरक्त पारेको छ भने, निन्द्रा लागेको बेलामा हामी हाई काढ्छौँ । तर, यो कुराको कसैले पनि वैज्ञानिक रूपमा पुष्टी गर्न सकेका छैनन् । वैज्ञानिकहरूका अनुसार हाइ काढ्नु यस्तो प्रक्रिया हो, जसले हाम्रो रगतमा अक्सिजन र कार्वनडाइ अक्साइडको मात्राको नियन्त्रण गर्ने काम गर्दछ । यो स्पाइनल कर्ड र स्नायु केन्द्रहरूले नियन्त्रण गर्ने थुप्रै कार्यहरूमध्ये एक हो । वैज्ञानिकहरूका अनुसार निकै थकान भएको बेला वा विरक्तिएको समयमा हामी निकै कम मात्रामा अक्सिजन शरीरभित्र छिर्ने गरि सास फेरिरहेका हुन्छौँ । यस्तो बेला रगतमा अक्सिजनको मात्रामा कमि आउने हुँदा हाइ काढ्नु आवश्यक हुन्छ । हामिले हाइ काढ्दा अक्सिजन धेरै मात्रामा हाम्रो फोक्सोमा पुग्छ र यसले हाम्रो मुटुको धड्कनलाई पनि बढाइदिन्छ । त्यसैले हाम्रो मस्तिष्कका स्नायुहरूम...
अचम्म ! एकजना व्यक्तिलाई एउटै सर्पले टोक्यो ७२ पटक 

अचम्म ! एकजना व्यक्तिलाई एउटै सर्पले टोक्यो ७२ पटक 

रोचक विश्व
काठमाडौं । सुन्दा पनि अचम्म लाग्छ तर भारतको आन्ध्र प्रदेशमा एक व्यक्तिलाई सर्पले ७२ पटक टोकिसकेको बताइएको छ । सुब्रमण्यम नाम गरेका ति व्यक्तिलाई अहिलेसम्म ७२ पटक सर्पले टोकेको हो । उनी नागसँग केहि पहिलो जन्ममा दुश्मनी भएकोले टोकेको हुनसक्ने बताउँछन् । ३२ वर्षका उनी आन्ध्र प्रदेशको चित्तुर जिललाको कुम्मारा गुन्टा गाउँमा बस्दै आएका छन् । उनलाई पहिलो पटक त्यहि सर्पले ५ कक्षामा पढ्दा टोकेको उनी बताउँछन् ।...
ठेकदारको टाउकोमा सांसदले खन्याए फोहोर (भिडियोसहित)

ठेकदारको टाउकोमा सांसदले खन्याए फोहोर (भिडियोसहित)

रोचक विश्व
काठमाडौ । नेपालमा कमजोर काम गर्ने ठेकेदार नै पुरस्कृत भइरहेका हामीले नदेखेका हैनौं । तर, भारत एक ठाउँमा सांसदले भने अनौठो कार्य गरेका छन् । आफूले लिएको जिम्मेवारी पुरा नगरेको भन्दै भारतको महाराष्ट्रमा एक सांसदले ठेकेदारको टाउकोमा नालीको पानी र फोहोर खन्याईदिएका हुन् । बाटोको छेउमा रहेको फोहर पानी बग्ने नाली राम्रोसँग सफा नगरेको भन्दै शिवसेना पार्टीका सांसद दीलिप लांडेले ठेकेदारको टाउकोमा फोहर खन्याइदिएका हुन् । फोहोर पानी टाउकोमा खन्याउँदै गरेको भिडियो अहिले चर्चामा आएको छ । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भारतीय न्युज एजेन्सी एएनआईका अनुसार मुम्बइमा वर्षा हुनुभन्दा पहिले कुर्लामा नाली ठिकसँग सफा गरिएको थिएन । यही रिसमा सांसदले ठेकेदारलाई बोलाए, नालीछेउमा बसाए र टाउकोमा फोहर खन्याइदिएका हुन्। विधायक दीलिप लांडेका अनुसार उनले १५ दिनदेखि ठेकेदारलाई नाली सफा गर्न ...
विश्वकै शक्तिशाली व्यक्ति, जसले उचाले हातले हेलिकोप्टर (भिडियोसहित)

विश्वकै शक्तिशाली व्यक्ति, जसले उचाले हातले हेलिकोप्टर (भिडियोसहित)

रोचक विश्व
काठमाडौं । के एक जना मानिसले हेलिकप्टर उचाल्न सक्ला ? पक्कै पनि हामी सबैलाई लाग्छ यो असम्भव छ । तर एक जना बलवानले भने हेलिकोप्टर बोकेर काँधमा राखेका छन् । यसरी हेलिकोप्टर काँधमा बोक्ने मान्छे हुन, फ्रान्ज मुलेनर । उनी विश्वका सबैभन्दा बलवान मानिस हुन् । काँधले हेलिकप्टर बोकेका अष्ट्रियाका नागरिक फ्रान्जले गिनिज बुकमा नाम लेखाइसकेका छन् । उनको यो र्कीर्तिमान तोड्ने हिम्मत अहिले सम्म कसैले गरेका छैनन् । उनले आफ्नो तौल भन्दा डेढ गुणा धेरै भार काँधले उठाउन सक्छन् । उनले ६ सय ५० किलो तौल काँधले उठाएर विश्व कीर्तिमान कायम गरेका थिए । भिडियो https://youtu.be/SHM9rpscS0Q...
आपसी झगडाका कारण श्रीमतिले श्रीमानको अनुहारमा बस्दा गयो ज्यान

आपसी झगडाका कारण श्रीमतिले श्रीमानको अनुहारमा बस्दा गयो ज्यान

रोचक विश्व
एजेन्सी । रुसको साईबेरीयामा एक खचम्मको घटना भएको छ । एक सय १ किलो तौल भएकी श्रीमतिले आफ्नै श्रीमानको अनुहारमा बस्दा श्रीमानको ज्यानै गएको छ । श्रीमान् श्रीमतीबीच लामो समयदेखि झगडा हुँदै आएको थियो । त्यसै क्रममा उनीहरुले अदालतमा सम्बन्ध बिच्छेदको मुद्धा समेत दायर गरेका थिए । त्यही बेला घरमा बृद्धहरुले सम्झाई बुझाई गरेपछि दुबै जनाबीच बहस भयो । श्रीमतीले माफी माग भन्दै श्रीमानको अनुहारमा बसे पछि सास फेर्न नसकेर उनको मृत्यु भएको समाचारमा उल्लेख छ । पत्नीको नाम टाटियाना र पतिको नाम एडार भएको बताईएको छ । समाचार अनुसार टाटियानाले माफी मगाउन आफूले आग्रह गर्दा एडारले नमानेपछि झगडा परेको बताएकी छन् । श्रीमान्ले सास फेर्न सकिन भन्दै भने पनि टाटियानाले नसुने पछि उनको ज्यानै गयो ।...
अचम्म ! एउटै माछाको मूल्य झन्डै एक करोड

अचम्म ! एउटै माछाको मूल्य झन्डै एक करोड

रोचक विश्व
काठमाडौं । पाकिस्तानमा एक जना व्यक्तिले एउटा माछो  ८३ लाख मूल्यमा विक्री गरेका छन् । पाकिस्तानको बलुचिस्तान स्थित ग्वादरमा माछा मारेर जीवीकोपार्जन गर्ने एक साधारण माझीको भाग्य बदलिएको छ एउटै माछाको कारण उनी रातारात लखपति हुन सफल भए । उनले माछा मार्ने क्रममा ४८ केजीको एक दुर्लभ माछा फेला पारे जसले उनलाई रातारात लखपति बनाईदियो । सो अनौठो माछालाई ती माझीले ७३ लाख पाकिस्तानी रुपैयाँमा विक्री गरेका छन् । डुंगाका मालिक अबाबकरले यो माछाको पाकिस्तानी मुल्य ८४ लाख भन्दा बढीमा लिलामी भएको तर छुट दिने परम्पराका कराण ७२ लाख मात्र हात परेको बताए । बडी क्रोकर यो माछा युरोप र चीनमा उच्च मुल्यमा बिक्री हुने गर्दछ ।...
अमेरीकामा युवालाई आयो यस्तो अफर , कोरोनाको एक खोप लगाए बापत एक खिल्ली गाँजा 

अमेरीकामा युवालाई आयो यस्तो अफर , कोरोनाको एक खोप लगाए बापत एक खिल्ली गाँजा 

रोचक विश्व
काठमाडौं । अमेरिकाको वासिङ्टन राज्यले कोरोनाभाइरस विरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई खोप लगाउने वित्तिकै एक खिल्ली गाँजा वितरण गर्ने भएको छ । उक्त कार्यक्रमको नाम जोइन्ट्स फर ज्याब्सु राखिएको छ। यो अभियान जुलाई १२ सम्म राखिएको छ । वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् । खोप लगाउनेलाई यस्ता विभिन्न उपहार योजना यसअघि अमेरिकाका अरू राज्यले पनि ल्याएका थिए। एरिजोनामा पनि कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम सुरू गरिएको थियो। केही राज्यले खोप लगाउनेलाई सित्तैमा बियर दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने गरेका छन् भने केहीले लाखौं डलरको चिठ्ठा राखेका छन्।...
संसारकै अनौठो गाउँ, जहाँ पुरुषले मात्रै खाना पकाउँछन्

संसारकै अनौठो गाउँ, जहाँ पुरुषले मात्रै खाना पकाउँछन्

रोचक विश्व
घरमा खाना पकाउने काम भन्ने बित्तिकै महिलाले नै गर्नुपर्छ भन्ने सोच अझैपनि नेपाली समाजमा प्रचलनमा छ । अहिले पनि नेपालमा मात्र नभएर विश्वमै अपवाद बाहेक घरमा खाना पकाउने काम गृहिणी महिलाले नै गर्ने गर्दछन् । तर, हाम्रै छिमेकी मुलुक भारतको एउटा यस्तो गाउँ छ जहाँका घरमा खाना पकाउने काम केवल पुरुषहरुको मात्र हो । भान्सेको गाउँ अर्थात् भिलेज अफ कुक्स भनिने कलायुर गाउँ नै त्यस्तो गाउँ हो जहाँ हरेक घरका भान्सामा पुरुषको हात चल्दछ । उक्त गाउँका पुरुषहरुले किचेनका राजा भनिन्छ । पछिल्लो ५ सय वर्षदेखि उक्त गाउँमा पुरुषहरुले नै घरको खाना पकाउने परम्परा चल्दै आएको छ । गाउँमा झण्डै ८० घर छन् भने गाउँभरमा गरी झण्डै २ सय जना सिपालु शेफ त्यहाँ छन्। पण्डीचेरीबाट ३० किलोमिटर टाढा पर्ने यो गाउँका शेफहरुलाई आसपासका ठाउँहरुमा खाना पकाउने कामका लागि पनि ठूलो माग हुने गरेको छ । वर्षको ६ महिना त उनीहरुले ब...
अनौठो संसारः आफ्नै लिंग काटेर खाने परम्परा

अनौठो संसारः आफ्नै लिंग काटेर खाने परम्परा

रोचक विश्व
काठमाडौं । विश्वमा यस्ता अनौठा अनौठा घटना घट्छन् । अनि परम्परापनि त्यस्तै अनौठा नै हुने गर्दछन् । सुन्दा पत्याउनै गाह्रो हुन्छ । केही अचम्मका घटना यस्ता छन्ः अस्ट्रेलियामा एउटा यस्तो जातिको बसोबास छ, जहाँ आफ्नै लिंग काटेर खाने परम्पार रहेको छ । यो जातिले वयस्क भएपछि यौन सम्पर्क गर्ने बेला आफ्नै लिंगको माथिको घेरा काटेर खाने गरेका छन् । मार्डुडजारामा पुरुसत्व प्राप्त गर्नका लागि गुप्तांग काटेर खाने परम्परा चलेको छ । यो परम्परा अनुसार पुरुषले आफ्नो लिंगको माथिल्लो भाग काटेर खानुपर्छ । त्यसपछि लिंगमा भएको घाउ भरिएपछि धारिलो हतियारले घाउ चिर्नुपर्छ । अपरिचितसँग यौन सम्पर्क गर्ने महोत्सव इण्डोनेशियाको बाली द्वीपको माउन्ट केमुकुसमा अनौठो महोत्सव हुने गर्दछ । प्रत्येक वर्ष कुनैपनि अपरिचित व्यक्तिसँग यौन सम्पर्क गर्नकै लागि यो महोत्सवको आयोजना गर्ने गरिएको छ । अपरिचित व्यक्तिसँग यौन सम...
आफ्नै आविष्कारबाट ज्यान गुमाउँन पुुगेका विश्वका ५ वैज्ञानिक

आफ्नै आविष्कारबाट ज्यान गुमाउँन पुुगेका विश्वका ५ वैज्ञानिक

रोचक विश्व
काठमाडौं । पछिल्लो दशकमा विज्ञान तथा प्रविधिको क्षेत्रमा चमत्कार नै भएको छ । यद्यपि कुनैपनि नयाँ चिजको आविष्कार गर्नु सजिलो कुरा होइन । यसमा वैज्ञानिकहरुको वर्षौँको मिहिनेत लाग्दछ । समयसँगै मानिसका आवश्यकता बढ्दै जाँदा नयाँ नयाँ आविष्कारहरु पनि थपिँदै गए । कतिपय वैज्ञानिकले त आफ्नै आविष्कारका कारण ज्यानै गुमाउनु पर्दछ । यस सामाग्रीमा यस्तै पाँचवटा आविष्कार र उनीहरुका आविष्कारकको बारेमा उल्लेख गरिएको छ । जुन आविष्कार निकै उपयोगी त भए तर विडम्बना आफ्नै आविष्कार नै ती आविष्कारकका लागि काल सावित भए । १. होरेस लसन हन्ली : अमेरिकाको समर काउन्टीमा सन् १८२३ को डिसेम्बर २९ मा जन्मिएका होरेस लसन हन्ली पेशाले अमेरिकी गृहयुद्धका बेला सरकारी सामुद्रिक इन्जिनियरको रुपमा कार्यरत थिए । उनले हातले दम दिन मिल्ने पहिलो सामुद्रिक पनडुब्बीको आविष्कार गरेका थिए । यद्यपि परीक्षणका क्रममा उक्त पनड...