Saturday, May 18Nepal News Portal
Shadow

आपसी झगडाका कारण श्रीमतिले श्रीमानको अनुहारमा बस्दा गयो ज्यान


एजेन्सी । रुसको साईबेरीयामा एक खचम्मको घटना भएको छ । एक सय १ किलो तौल भएकी श्रीमतिले आफ्नै श्रीमानको अनुहारमा बस्दा श्रीमानको ज्यानै गएको छ । श्रीमान् श्रीमतीबीच लामो समयदेखि झगडा हुँदै आएको थियो । त्यसै क्रममा उनीहरुले अदालतमा सम्बन्ध बिच्छेदको मुद्धा समेत दायर गरेका थिए ।
त्यही बेला घरमा बृद्धहरुले सम्झाई बुझाई गरेपछि दुबै जनाबीच बहस भयो । श्रीमतीले माफी माग भन्दै श्रीमानको अनुहारमा बसे पछि सास फेर्न नसकेर उनको मृत्यु भएको समाचारमा उल्लेख छ ।
पत्नीको नाम टाटियाना र पतिको नाम एडार भएको बताईएको छ ।
समाचार अनुसार टाटियानाले माफी मगाउन आफूले आग्रह गर्दा एडारले नमानेपछि झगडा परेको बताएकी छन् । श्रीमान्ले सास फेर्न सकिन भन्दै भने पनि टाटियानाले नसुने पछि उनको ज्यानै गयो ।

Total Page Visits: 554 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्