
८७ वर्षीय आमो हाजीले ६७ वर्षदेखि नुहाएका छैनन् । यतिका वर्षमा उनले शरीरमा पानी पनि हालेका छैनन् । उनलाई संसारकै फोहोरी व्यक्ति भनेर चिनिन्छ ।
आमो हाजी पानीको डरले नुहाउँदैनन् । नुहाउँदा बिरामी पर्छु कि भनेर पनि डराउँछन् । सरसफाइका कारण बिरामी हुने उनको विश्वास रहेको छ । त्यही भएर उनी नुहाउँदैनन्, जसकारण उनको अनुहार कालो भएको छ र पूरै शरीर दुर्गन्धित भएको छ । उनको छेउमा उभिने कोही छैन ।
जसकारण उनी इरानको मरुभूमिमा एक्लै बस्छन् । ८७ वर्षीय हाजी हाल देजगाह गाउँको झुपडीमा बस्छन् । उनका लागि स्थानीयले यो झुपडी बनाएका हुन् ।
आमो हाजीको आफ्नै घर थिएन र मरुभूमिको खाडलमा बस्थे । इरानको देजगाह गाउँका आमो हाजी दिनमा पाँच लिटर पानी पिउने गर्छन् । जानकारी अनुसार उनलाई सफा रहन मन पर्दैन ।
त्यसैले पनि उनी सडेको खानेकुरा खाने गर्छन् । उनले मरेका जनावरको बिग्रिएको मासु मात्र खाने र पोखरीको पानी पिउने गरेको बताइएको छ ।
आमो हाजीले चिसोबाट बच्न अपनाउने उपायहरु थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । रिपोर्टका अनुसार उनले चिसोबाट बच्न युद्धको समयमा प्रयोग गरिएको पुरानो हेलमेट लगाएका छन् । उनले धेरै वर्षदेखि एउटै कपडा लगाएका छन् । उनले नयाँ फेला परेको लुगा पनि लगाउँछन् ।
जब डाक्टरहरूले झुपडीमा गएर आमो हाजीलाई जाँच गर्दा उनीहरु छक्क परेका छन् । स्वास्थ्य परीक्षण गर्दा उनी पूर्णरुपमा स्वस्थ रहेको चिकित्सकले बताएका छन् । उनको शरीरमा कुनै ब्याक्टेरिया वा गम्भीर रोग भने देखिएन ।
चिकित्सक र विशेषज्ञहरूको उद्देश्य परजीवी र ब्याक्टेरियाहरू अध्ययन गर्नु थियो, जुन नधोइएका र फोहोर शरीरहरूमा विकसित हुन सक्छ । तर, ६७ वर्षसम्म कुहिएको खानेकुरा खाँदा र ननुहाए पनि हाजीको शरीरमा ब्याक्टेरिया नभएको पुष्टि भएको छ ।