Sunday, May 19Nepal News Portal
Shadow

शेरबहादुर तामाङ र उषाकला राई फेरी केपी समूहमै


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट  पार्टि (नेकपा) का नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् ।

दाहाल-नेपाल समूहबाट दुवैजना केपी समूहमा फर्किको उषाकलाले बताएकी छिन् । ‘हो, हामी फर्कियौं,’ उनले भन्नि,’प्रचण्ड(नेपाल समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’
नेकपा दुई समूहमा विभाजित भएपछि सुरुमा तामाङ दम्पती ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड-नेपाल समूहमा फर्किएका थिए ।

तामाङ चुनावमा सिन्धुपाल्चोक २ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । उनलाई ओली समूहले यसअघि केन्द्रीय सदस्य बनाएको छ ।

Total Page Visits: 536 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्