Sunday, May 19Nepal News Portal
Shadow

इन्डोनेसियामा रगतजस्तै बाढिले डुब्यो गाउँ !


काठमाडौं, (ससं) । इन्डोनेसियाको एउटा गाउँमा केही दिनअघि अनौठो बाढी आएको थियो । त्यो बाढीको पानी धमिलो थिएन बरू रगत मिसिएजस्तो रातो थियो ।
जाभा प्रान्तमा पर्ने जेंगगट गाउँका सडक र अरू संरचना रातो पानीले डुबेपछि मानिसहरू आश्चार्यमा परे । यस्तो पानी कहाँबाट आयो भनेर सामाजिक सञ्जालमा पनि निकै चर्चा भयो ।

पछि थाहा भयो बाढीको पानी सबैभन्दा पहिला कपडामा रङ लगाउने एउटा फ्याक्ट्रीमा पसेको रैछ । त्यही पानी गाउँमा चारैतिर फैलियो अनि सबै पानी राताम्ये भयो ।

यो गाउँ परम्परागत र आधुनिक डाइका लागि प्रसिद्ध छ । यसअघि पनि उक्त गाउँका नदीमा पानीको रङ बदलिने गथ्र्यो । गत महिना एउटा अर्को गाउँमा नदीको पानी हरियो भएको थियो ।
इन्डोनेसियाका धेरै भू–भाग वर्षेनी बाढीको चपेटामा पर्ने गर्छन् । एजेन्सी

Total Page Visits: 639 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्