Saturday, May 18Nepal News Portal
Shadow

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओलीको यस्तो छ तयारी


काठमाडौं, (ससं) । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तयारी थाल्नुभएको छ । सर्वोच्चले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक ठहर गर्दै संसद पुर्नस्थापना गर्न आदेश दिएपछि प्रधानमन्त्री ओलीपनि आफ्नो कामतिर लाग्नुभएको हो ।

उहाँले पदबाट राजीनामाका लागि चौतर्फी दबाब बढे पनि उनले तत्काल राजीनामा नगर्ने तर संसद्को फेस गर्ने तयारी थाल्नुभएको हो । अब संसदको अंकगणितको हिसाबकिताब हुन्छ त्यसमा हामी डटेर भिड्ने तयारीमा छौ ओली समूहका एक नेताले भने ।
उहाँले सर्वोच्चको फैसलाअनुसार संसद्को बैठक बोलाएर संसद्मै ‘फेस’ गर्ने तयारी गरेको बालुवाटार निकटको दावी छ । “सर्वोच्च अदालतले प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ नभनेका कारण अदालतको आदेश मान्ने उनको बुझाई रहेको छ ।

सर्वोच्चले त संसद् विघटन भएन, १३ दिनभित्र संसद् बैठक बोलाऊ भनेरमात्रै भनेको हो । संसद् बैठकले के गर्छ, दलहरूले के गर्छन् त्यो हेर्न बाँकी नै छ ।” यसैले हामी अब संसदमा आफ्नो पकड जमाउन बलियोसँगले लाग्छौ उनले भने ।

Total Page Visits: 529 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्