Friday, July 12Nepal News Portal
Shadow

हेर्नुहोस्  माछा खाने बाख्रो (भिडियोसहित)


काठमाडौं । तपाइलाई सुन्दा पनि अचम्म लाग्छ कि के तपाईंले कहिल्यै मांसाहारी बाख्रा देख्नु भएको छ ? के तपाईंलाई लाग्छ कि बाख्राले घाँस बाहेक मासु पनि खान्छ ? पक्कै पनि यो सम्भव छैन ।

तर, हालै भाइरल भइरहेको एक भिडियोले तपाईंलाई अचम्ममा पार्नेछ । बाख्राले माछा खाइरहेको एक भिडियो सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको छ ।

भिडियोमा एउटा बाख्रा टोकरीबाट माछा चपाउँदै गरेको देख्न सकिन्छ । भिडियो हेरेपछि मानिसहरुलाई यो कुरा विश्वास गर्न गाह्रो भइरहेको छ । मांसाहारी बाख्राले सबैलाई चकित बनाएको छ ।

बाख्रा सामान्यतया घाँस, पात वा अन्न खान्छ । तर भिडियोमा देखिएको बाख्रा माछा खाइरहेको छ । मानिसहरु अचम्ममा परेका छन् । बाख्राले माछा खाइरहेको भिडियो इन्स्टाग्राम र ट्विटर लगायत विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा सेयर हुँदैछ ।

हेर्नुहोस् भिडियो

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्