Monday, April 29Nepal News Portal
Shadow

प्रचण्ड–नेपाल समूहले चौथो चरणको आन्दोलन घोषणा गर्‍यो


काठमाडौं, (ससं) । नेकपा प्रचण्ड–नेपाल समूहले आइतबार (आज) चौथो चरणको आन्दोलन र संघर्षका कार्यक्रमहरुको घोषणा गरेको छ ।
समूहले फागुन ६ गते प्रतिगमन, महँगी र भष्ट्राचारको विरोधमा काठमाडौंको टुँडिखेल वरीपरी मानव साङ्लोसहितको विरोध कार्यक्रम गर्ने भएको छ । त्यस्तै फागुन ५ देखि १२ गतेसम्म जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गर्ने आइतबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले जानकारी दिएका छन् ।

यसैगरी समूहले फागुन ८ गते प्रतिगमनविरुद्ध बृहत् अन्तरक्रिया र ९ गते महिला हिंसा, बलात्कारविरुद्ध देशव्यापी महिलाहरुको विरोध कार्यक्रमको घोषणा गरेको छ ।

Total Page Visits: 391 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्