Wednesday, May 15Nepal News Portal
Shadow

अर्काे पुनर्बीमा कम्पनी खुल्ने, ३ अर्बको आईपिओ प्रस्ताव


काठमाडौं, (ससं) । नेपालमा अर्को पुनर्बीमा कम्पनी स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । उक्त कम्पनीको नाम ‘काठमाडौं रि’ इन्स्योरेन्स प्रस्ताव गरिएको छ ।

कम्पनीको छोटकरी नाम काठमाडौं रि हुने छ भने अधिकृत पुँजी २० अर्ब हुने तय भएको छ। त्यस्तै जारी पुँजी १० अर्ब र तत्कालको चुक्ता पुँजी ७ अर्ब हुने तय भएको छ । कम्पनीमा संस्थापक र साधारण शेयरको संरचना ७०ः३० रहने छ। संस्थापकतर्फको ७० प्रतिशतमा ४० प्रतिशत संस्थागत लगानीकर्ता र ३० प्रतिशत व्यक्तिगत लगानीकर्ता हुने तय भएको छ। यस हिसाबमा कम्पनीले सर्बसाधारणलाई ३ अर्बको आईपिओ निष्कासन गर्ने छ।

त्यस्तै ७० प्रतिशत संस्थापक मध्ये २० प्रतिशतसम्म विदेशी साझेदार बीमा वा पुनर्बीमा कम्पनीलाई दिने गरि पत्राचार भईसकेको बताईएको छ। कम्पनीको संचालक समितिमा २ जना संस्थागत, २ जना व्यक्तिगत, २ जना सर्बसाधारण र १ जना स्वतन्त्र संचालक गरि कुल ७ जना संचलाक रहने तय भएको छ।

प्रस्तावित कम्पनीले बीमा समितिको नीति निर्देशन भित्र रहेर छिट्टै प्रारम्भिक सहमतिको लागि बीमा समितिमा दर्ता गर्ने तयारी भईरहेको जनाएको छ । दक्ष जानशक्ति ब्यबस्थापन, विदेशी पुनर्बीमा कम्पनीको सहभागिता र ब्यबसायको सुनिश्चितता गरेपछि प्रारम्भिक सहमतिको लागि जाने बताईएको छ ।

Total Page Visits: 462 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्