Sunday, May 5Nepal News Portal
Shadow

यो हो संसारकै लामो कपाल भएको ठाउँ, हेर्नुहोस्


काठमाडौं । निक्कै लामो कपाल युवतीको शान पनि हो । तर यस्तो गाउँ जहाँ कुनै एक जनाको मात्र हैन सबैको कपाल लामो हुन्छ ।
त्यो कारण के हो त ? यस्तो छ कारण

त्यहाँ हरेक वर्ष झण्डै लाखको संख्यामा पर्यटकहरु आउँछन् । जसको उदेश्य भनेकै महिलाको लामो कपाल हेर्नु हो ।

यो खबर हो चीनको । गुआंग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाहरुको गाउँ हो ।

उक्त गाउँका ८० जना महिला यस्ता छन् जसको कपालको लम्बाई १.४ मिटर देखि २.२ मिटरसम्म लामो छ ।

महिलाहरुको लामो कपालकै कारण यो गाउँ दुनियाँमा चर्चित छ । महिलाको कपाल हेर्नकै लागि वर्षेनी एक लाखभन्दा बढी पर्यटक उक्त गाउँमा पुग्ने गरेका छन् ।

यो गाउँ दुनियाको सबैभन्दा लामो कपाल भएका महिला भएको गाउँ पनि हो र यसले गिनिज बुकमा आफ्नो नाम दर्ज गराइसकेको छ ।

केवल महिलाले पति र आफ्ना छोराछोरीको अगाडि मात्र कपाल देखाउने चलन थियो । कपाल नुहाउँदा समेत निलो स्कार्फले छोपेर नुहाउने गर्थे । तर समय बदलिँदै गयो ।

कपाल छोप्ने परम्परा मात्र हटेन महिलाको त्यो कपाल गाउँको गौरव बनेको छ । अहिले उनीहरु विश्वभरीका पर्यटकहरुलाई कपाल देखाउँछन् । कपाल देखाउँने उनीहरुको पेसा नै बनेको छ ।

पर्यटनसँग आवद्ध संस्थाहरुले पर्यटक आह्वान गर्न उनीहरुलाई रकम दिएर कपाल देखाउन लगाउँछन् । कपाल लामो हुनुको कारण के हो खोजी हुन थालेको छ ।

Total Page Visits: 1092 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्