Sunday, May 5Nepal News Portal
Shadow

बढ्यो अष्ट्रेलियन डलरको भाउ


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ । बुधबार (आज) अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउण्ड, स्विस फ्रैङ्कको भाउ घट्दा अष्ट्रेलियन डलरको भाउ बढेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसा तोकिएको छ। अघिल्लो दिन अमेरिकी डलरको खरिद मूल्य १३२ रूपैयाँ ७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६७ पैसा थियो।

यस्तै युरोपियन युरो आज ६९ पैसाले घटेको छ। बुधबारको खरिदमूल्य १४१ रूपैयाँ ४६ पैसा र बिक्रीदर १४२ रूपैयाँ ११ पैसा कायम गरिएको छ। मंगलबार यसको खरिद दर १४२ रूपैयाँ १५ पैसा र बिक्रीदर १४२ रूपैयाँ ७९ पैसा थियो।

यस्तै, बेलायती पाउण्डको खरिददर १५८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रूपैयाँ ८ पैसा तोकिएको छ। यसअघि मंगलबार यसको खरिददर १५८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५९ पैसामा कारोबार भएको थियो।

त्यसैगरी, अष्ट्रेलियन डलरको मूल्य ५२ पैसाले उकालो लागेर यसको खरिदमूल्य ९१ रूपैयाँ ५२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ९३ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर ९१ रूपैयाँ र बिक्रीदर ९१ रूपैयाँ ४१ पैसामा कारोबार भएको थियो ।

Total Page Visits: 487 - Today Page Visits: 5
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्