Saturday, May 18Nepal News Portal
Shadow

माइडिया ब्रान्डका फ्यान नेपाली बजारमा, ग्राहकलाई प्रत्येक हप्ता बम्पर उपहार



काठमाडौं । घरेलु उपकरण निर्माता माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ फ्यान नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालभर रहेका आफ्ना २५० भन्दा बढी डिलर तथा शो रुमबाट सुपथ मूल्यमा उपभोक्ताले माइडियाका फ्यान खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

नयाँ वर्ष २०८१ का अवसरमा माइडिया ब्रन्डको फ्यान खरिद गरी हरेक हप्ता इलेक्ट्रिक प्रेसरकुकर र बम्पर उपहारमा साइड बाई साइड रेफ्रिजेरेटर जित्न सकिने पनि कम्पनीले बताएको छ ।

तीन किसिमको गतिमा चलाउन मिल्ने माइडियाको वाल फ्यानमा दुई वर्षको वारेन्टी पनि रहेको छ ।

माइडिया ब्रान्डका वासिङ मेसिन, मल्टी डोर रेफ्रिजिरेटर, साइड बाई साइड रेफ्रिजेरेटर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसरकुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यानजस्ता विभिन्न घरेलु उपकरणहरु पनि बजारमा उपलब्ध छन् ।

 

Total Page Visits: 69 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्