काठमाडौं । डाक्टरले पैसाका कारण उपचार नगर्दा धेरैको ज्यान गएका उदाहारण धेरै छन्। तर हालै जे भयो त्यो चमत्कार भन्दा कम छैन ।
भगवानले एक आमाको करुणामय पुकार सुन्नुभयो । उनको छ वर्षीय छोरालाई २१ दिन अघि डाक्टरहरूले मृत घोषित गर्दिएका थिए । परिवार छोराको अन्त्येष्टिको तयारीमा थियो । छोराको टाउकोमा चुम्बन गर्दा, आमाले बारम्बार भनिरहेकी थिइन्, उठ, मेरो छोरो, उठ । त्यसपछि उनका छोराको शरीर चल्न थाल्यो । उपचार फेरि सुरु भयो र मंगलबार उनी रोहतक अस्पतालबाट हाँस्दै खेल्दै घर फर्केका छन् ।