Saturday, May 18Nepal News Portal
Shadow

ठेकदारको टाउकोमा सांसदले खन्याए फोहोर (भिडियोसहित)


काठमाडौ । नेपालमा कमजोर काम गर्ने ठेकेदार नै पुरस्कृत भइरहेका हामीले नदेखेका हैनौं । तर, भारत एक ठाउँमा सांसदले भने अनौठो कार्य गरेका छन् । आफूले लिएको जिम्मेवारी पुरा नगरेको भन्दै भारतको महाराष्ट्रमा एक सांसदले ठेकेदारको टाउकोमा नालीको पानी र फोहोर खन्याईदिएका हुन् ।

बाटोको छेउमा रहेको फोहर पानी बग्ने नाली राम्रोसँग सफा नगरेको भन्दै शिवसेना पार्टीका सांसद दीलिप लांडेले ठेकेदारको टाउकोमा फोहर खन्याइदिएका हुन् ।

फोहोर पानी टाउकोमा खन्याउँदै गरेको भिडियो अहिले चर्चामा आएको छ । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भारतीय न्युज एजेन्सी एएनआईका अनुसार मुम्बइमा वर्षा हुनुभन्दा पहिले कुर्लामा नाली ठिकसँग सफा गरिएको थिएन । यही रिसमा सांसदले ठेकेदारलाई बोलाए, नालीछेउमा बसाए र टाउकोमा फोहर खन्याइदिएका हुन्।

विधायक दीलिप लांडेका अनुसार उनले १५ दिनदेखि ठेकेदारलाई नाली सफा गर्न भनेका थिए तर ठेकेदारले कुरा नसुनेपछि आफूले सजाय दिएका हुन् ।

नाली ठीकसँग सफा नभएपछि नालीमा पानी भरिएर सडकभरी पानी भएको थियो र यात्रुलाई निकै समस्या भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Total Page Visits: 701 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्