Saturday, May 18Nepal News Portal
Shadow

संसारकै अनौठो गाउँ, जहाँ पुरुषले मात्रै खाना पकाउँछन्


घरमा खाना पकाउने काम भन्ने बित्तिकै महिलाले नै गर्नुपर्छ भन्ने सोच अझैपनि नेपाली समाजमा प्रचलनमा छ । अहिले पनि नेपालमा मात्र नभएर विश्वमै अपवाद बाहेक घरमा खाना पकाउने काम गृहिणी महिलाले नै गर्ने गर्दछन् । तर, हाम्रै छिमेकी मुलुक भारतको एउटा यस्तो गाउँ छ जहाँका घरमा खाना पकाउने काम केवल पुरुषहरुको मात्र हो ।

भान्सेको गाउँ अर्थात् भिलेज अफ कुक्स भनिने कलायुर गाउँ नै त्यस्तो गाउँ हो जहाँ हरेक घरका भान्सामा पुरुषको हात चल्दछ । उक्त गाउँका पुरुषहरुले किचेनका राजा भनिन्छ । पछिल्लो ५ सय वर्षदेखि उक्त गाउँमा पुरुषहरुले नै घरको खाना पकाउने परम्परा चल्दै आएको छ । गाउँमा झण्डै ८० घर छन् भने गाउँभरमा गरी झण्डै २ सय जना सिपालु शेफ त्यहाँ छन्।

पण्डीचेरीबाट ३० किलोमिटर टाढा पर्ने यो गाउँका शेफहरुलाई आसपासका ठाउँहरुमा खाना पकाउने कामका लागि पनि ठूलो माग हुने गरेको छ । वर्षको ६ महिना त उनीहरुले बिहे लगायतका भोजमा खाना पकाउने काम नै गर्दछन् । परिवारका अन्य सदस्यहरु कृषि पेशामा रहेका उक्त गाउँका पुरुषहरु खाना पकाउने कामबाट बँचेको समय खेतिपातीमै व्यस्त हुने गरेका छन् । एजेन्सी

Total Page Visits: 532 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्