Wednesday, February 12Nepal News Portal
Shadow

अमेरीकामा युवालाई आयो यस्तो अफर , कोरोनाको एक खोप लगाए बापत एक खिल्ली गाँजा 


काठमाडौं । अमेरिकाको वासिङ्टन राज्यले कोरोनाभाइरस विरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई खोप लगाउने वित्तिकै एक खिल्ली गाँजा वितरण गर्ने भएको छ ।
उक्त कार्यक्रमको नाम जोइन्ट्स फर ज्याब्सु राखिएको छ। यो अभियान जुलाई १२ सम्म राखिएको छ । वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् ।
खोप लगाउनेलाई यस्ता विभिन्न उपहार योजना यसअघि अमेरिकाका अरू राज्यले पनि ल्याएका थिए। एरिजोनामा पनि कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम सुरू गरिएको थियो। केही राज्यले खोप लगाउनेलाई सित्तैमा बियर दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने गरेका छन् भने केहीले लाखौं डलरको चिठ्ठा राखेका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्