Friday, May 3Nepal News Portal
Shadow

एफएनसिसिआईको पदाधिकारी प्रतिनिधिमण्डल र नवनियुक्त अर्थमन्त्रीबीच भेटवार्ता


काठमाडौं । नवनियुक्त अर्थमन्त्री डाक्टर प्रकाशशरण महतसँग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आइतबार बिहान सिंहदरवारमा बधाई भेटवार्ता गरेको छ।

डा. महत शुुक्रबार देशको अर्थमन्त्रीमा नियुक्त भएका हुन्। सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिएका छन्।

अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा व्रिफिङ पनि गरे। भेटवार्तामा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने सुझाव दिएका छन्।

यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने सुझाव उनको थियो। सहकारी र लघुवित्तमा तरलता बढाउने गरी काम अघि बढाउन पनि उनले सो अवसरमा जोड दिए।

अहिले करिब २४ % मात्र रहेको सरकारी खर्चलाई विस्तार गर्न पनि उनको आग्रह थियो।

अहिले सरकारसँग राजस्व कम उठेको छ चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्था छ। यसका लागि बाहिरी ऋण उठाएर भएपनि खर्च गर्नुपर्ने उनको सुुझाव थियो।

यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्नेमा उनको जोड थियो।

नवनियुक्त अर्थमन्त्रीसँगको भेटमा अध्यक्षले राज्यसंयन्त्र पूर्ण रुपमा प्रयोग गरेर सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र त्यसले राजस्व वृद्धिमा समेत सहयोग पुर्‍याउने बुझाए।

अध्यक्ष गोल्छाले विदेशबाट पैसा भित्र्याउनका लागि दाताहरूसँग पहल गर्नुपर्ने बताउँदै स्थानीय दाताहरूसँग पनि सम्मेलन गर्न आग्रह गरे।

राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न सुझाव दिए।

नवनियुक्त अर्थमन्त्री डाक्टर महतले समस्याग्रस्त अर्थतन्त्र सुधारने आफ्नो पहिलो प्राथमिकता र प्रतिवद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिए।

तपाईहरूको मनोवल घट्न दिन्न तपाईहरूसँग निरन्तर संवादमा रहन्छु। मैले अर्थतन्त्रलाई सुधार गर्न गरेको प्रतिवद्धता पूरा गर्न तपाईहरूबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु, नवनियुक्त अर्थमन्त्री डा. महतले महासंघसँगको भेटवार्तामा भने।

Total Page Visits: 180 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्