Sunday, May 5Nepal News Portal
Shadow

नेपालमा पहिलो अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शनी बैशाख ८ गतेदेखि हुदै


काठमाडौं । नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको हस्तकला प्रदर्शनी २०८० यहि बैशाख ८ गते देखि १० गतेसम्म सञ्चालन हुदै छ। हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीले यो हस्तकलाको बृहत प्रदर्शनी गर्न लागेको हो ।

यो प्रदर्शनीको मुख्य उद्देश्य नेपाली उत्पादनलाई विश्व बजारमा पहिचान गराउने र पहुँच पुर्‍याउन रहेको आयोजक कपिल अधिकारीको भनाइ छ ।

नेपालका हस्तकला भन्नाले पश्मिना, स्टोन, माला, क्यूरियोका सामानहरु, गलैंचा, गार्मेन्टका सामानहरु, हेम्प, पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हेण्ड मेड पेपरहरू, खुकुरी, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तुहरु पर्दछन ।

यसैगरी, नेपालका जडिबुटीहरू, सजावटका सामानहरु, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु जस्तै होटल, ट्रेकिङ्ग, ट्राभल्स एण्ड टुर्स, खानपिनसमेतको पनि अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने यो प्रदर्शनीको उदेश्य रहेको छ ।

यस हिमालयन इन्टरनेशनल एक्स्पो (आईएनसी) ले प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १७६ स्टलहरू रहने रवि भट्टले जानकारी दिएका छन् ।

प्रदर्शनी आयोजकले नेपाली उत्पादन अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन प्रदर्शनीस्थलका स्टलहरु बुकिङ खुला भएको पनि जानकारी दिएको छ ।

यसका लागि आफ्नो संस्था, फर्म, कम्पनीको नाम र लोगो राखी ब्यापार प्रवर्द्धन गराउन कम्पनीले सबैलाई आग्रह पनि गरेको छ ।

Total Page Visits: 240 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्