Saturday, May 18Nepal News Portal
Shadow

ओरिएण्टल इन्स्योरेन्सको नाफा ३२ प्रतिशतले घट्यो


काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार नाफा ३२ प्रतिशतले घटेको हो ।
चालु आ. व . को चैत मसान्तसम्ममा कम्पनीले ६५ करोड ५९ लाख ५७ रुपैयाँ खुद बीमा शुल्क कमाएको छ । गत आ.व को सोही अवधिसम्ममा कम्पनीले ५९ करोड ६८ लाख ३३ हजार रुपैयाँ खुद बीमा शुल्क कमाएको थियो । गत आ .व .को सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९ दशमलव ९० प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
कम्पनीको जगेडा कोषमा ७ करोड ८८ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा ९१ करोड ७६ लाख रुपैयाँभन्दा बढी रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ६९ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले २५ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३२ दशमलव ५७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Total Page Visits: 1672 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्