Tuesday, May 14Nepal News Portal
Shadow

सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ आजबाट खुल्यो


काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सोमबार (आज) देखि प्रिमियमा आइपिओ निष्कासन गरेको छ।

कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आइपिओ सार्वजनिक निष्कासनका लागि छुट्याएको छ।

सो मध्ये प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा ९ लाख ६० हजार कित्ता आइपिओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको कम्पनीले बताएको छ।

उक्त आइपिओमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ।

Total Page Visits: 115 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्