Friday, May 10Nepal News Portal
Shadow

जात्रा व्यवस्थापन समाज र रक्तदाता समाजद्वारा रक्तदान कार्यक्रम



काठमाडौं । श्री लाखे आजु जात्रा व्यवस्थापन समाज र नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिद्वारा संयुक्तरूपमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख उपस्थितिमा स्थानीय चिकंमु त्वाःमा बिशेष रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

समाज ‘अठार वर्ष पैतालिस किलो, रक्तदान गर्न नगरौं ढिलो’ र ‘न बन्छ यो कारखानामा, न बग्छ यो खोलानालामा’ सन्देशसहित रक्तदान कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहभागीता जनाउँदै आईरहेको छ । हाल बिश्वभर महामारीको रूपमा फैलिरहेको कोभिड–१९ ले नेपालमा रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर रक्तदान गर्न र गराउन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै यस्ता कार्यक्रम गर्दै आएको छ ।

‘पीडितलाई राहत स्वरूप रक्तदान गर्न र गराउँन गरिएको आह्वानलाई हामीले मात्र होईन आम स्वयंसेवी रक्तदाता एवं रक्तदान कार्यक्रम आयोजक संघ र संस्थाहरू जो कोहिको पनि प्रमुख दायित्व नै हो भन्दा फरक नपर्ला’ कार्यक्रमका सभापति एवं श्री लाखे आजु जात्रा व्यवस्थापन समाजका अध्यक्ष लक्षमण रञ्जितले भने ।

शतक रक्तदाता कर्माचार्य, नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकार र महानगरीय प्रहरी बृत्त जनसेवाका प्रमुख प्रहरी नायब उपरिक्षक डिल बहादुर मल्लले रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई जात्रा व्यवस्थापन समाजद्वारा नेपाल संवत् ११४२ नयाँ वर्षको क्यालेन्डर,योग बिज्ञन सम्बन्धि जानकारी मूलक पुस्तक, मास्क र डोनर पीन सम्मान स्वरूप प्रदान गरेका थिए ।

बिहान १० बजेदेखि १ बजेसम्म सञ्चालित सो बिशेष रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ५६ जनाले स्वयंसेवी तवरले रक्तदान गरेका थिए ।

Total Page Visits: 1619 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्