Monday, May 20Nepal News Portal
Shadow

माइक्रो लाइफले आईपीओ निष्कास गर्दै, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल


काठमाडौं । माइक्रो लाइफ इन्स्योरेन्सले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न एनआइएमबि एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले अईपीओ निष्कासनका लागि वैशाख १८ गते क्यापिटलसँग सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कास गर्न लागेको हो । उक्त सेयरको प्रतिकित्ता १०० रुपैयाँ पर्नेछ ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघुजीवन बीमा सेवा पु¥याउने लक्ष्यका साथ क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स २०७९ चैत २८ गते लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरी मिति २०८० जेठ ८ गते नेपाल बीमा प्राधिकरणबाट व्यवसाय सञ्चालन गर्ने स्वीकृती पत्र प्राप्त गरेकोे हो ।
कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८० जेठ १० गते कारोबारको स्वीकृती प्राप्त गरी पब्लिक लिमिटेड कम्पनीको स्वरुपमा स्थापना भएको हो ।
यस कम्पनीमा संयुक्त लगानीकर्ताहरूमा नेपाली प्रतिष्ठित व्यवसायी समूहहरुको संस्थापक लगानी ७० प्रतिशत रहेको छ ।

Total Page Visits: 89 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्