Saturday, May 11Nepal News Portal
Shadow

बक्यौता रकम नदिने लुम्बिनी चिनी उद्योगका सञ्चालक अग्रवाल पक्राउ


काठमाडौं, १६ पुस (ससं) । कृषकलाई बक्यौता रकम नदिने लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले बिहीबार बिहान अग्रवाललाई पर्साबाट पक्राउ गरेको हो ।

उखु किसानलाई उद्योगले दिनुपर्ने बक्यौता रकम नदिएको आरोपमा अग्रवाललाई पक्राउ गरिएको हो । उखु किसानलाई बक्यौता रकम नदिएको भन्दै अग्रवाललाई पक्राउ गर्न पुर्जी जारी भएको थियो । त्यसपछि फरार रहेका उनलाई आज बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

किसानलाई ठगी गरेको अभियोगमा सरकारले पक्राउ गर्न आदेश दिएका मध्ये चार मिलका मुख्य सञ्चालकहरु भने हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

Total Page Visits: 824 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्