Sunday, May 5Nepal News Portal
Shadow

बागमती प्रदेशले गर्यो २०२४ लाई भ्रमण वर्ष घोषणा


काठमाडौं । बागमती प्रदेशले सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्षको रुपमा घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा (तामाङ) ले यस्तो घोषणा गरेका हुन् ।

उनले पर्यटकहरूको बसाइ अवधि लम्ब्याउन होमस्टेको प्रवद्र्धन तथा पर्यटकीय पूर्वाधार र सेवा सुविधा विस्तार गर्ने पनि बताए ।
“बागमती प्रदेशको धार्मिक, साँँस्कृतिक पर्यापर्यटन तथा गा्रमीण पर्यटनको प्रवद्र्धन एवं विकासका लागि सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्षको रूपमा मनाउने व्यवस्था मिलाएको छु,” उनले भने ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा ग्रट ट्रेल, नुवाकोट जिल्लाको विदुरमा जलविहारको लागी पूर्वाधार निर्माण कार्य आगामी आर्थिक वर्ष प्रारम्भ गरिने पनि लामाले बताए ।

 

Total Page Visits: 136 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्