Monday, April 29Nepal News Portal
Shadow

इ–सेवाले पहिलो पटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर गर्यो सार्वजनिक


काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक इ–सेवाले पहिलो पटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्वजनिक गरेको छ। नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित इ–सेवाले पहिलो पटक कारोबार गर्दा भाग्यशाली १ जना विजेताले आइफोन १४/१० प्रतिशत क्यासब्याक जित्न सकिने अफर सार्वजनिक गरेको हो।

यस योजनामा सहभागी हुन सेन्ड मनी बाहेक पहिलो पटक कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गरेको हुनु पर्नेछ।

साथै यस योजनामा प्रोमोकोड फर्स्ट १० प्रयोग गरेर आफ्नो पहिलो कारोबारमा १० प्रतिशत (२० रूपैयाँसम्म) को क्यासब्याक समेत पाउन सकिने बताइएको छ।

इ–सेवाले सार्वजनिक गरेको यो अफर असार २० गतेसम्म लागू हुनेछ। यस योजनामा सहभागी हुने कुनै पनि अप्रमाणित प्रयोगकर्ताहरूले आइफोनको लागि योग्य हुन असार २० गतेभित्र पहिलो कारोबार गर्नु पर्नेछ।

प्रोमोकोड मार्फत प्राप्त हुने क्यासब्याक रकम २४ घण्टाभित्र सम्बन्धित व्यक्तिको इ–सेवा एकाउन्टमा जम्मा हुनेछ।

भाग्यशाली आइफोन विजेताको घोषणा असार ३० गते इ–सेवाको फेसबुक पेजबाट गरिने कम्पनीले जानकारी दिएको छ।

Total Page Visits: 148 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्