Sunday, May 5Nepal News Portal
Shadow

पर्यटनमन्त्रीले नागरिक उड्डयनका महानिर्देशकलाई फेरि सोधे स्पष्टीकरण


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोधेका छन्।

पर्यटन मन्त्री सुदन किरातीले सोधेको पत्रको जवाफ दिन अस्वीकार गरेका महानिर्देशक अधिकारीलाई मन्त्रालयले दोस्रो पटक स्पष्टीकरण सोधेको हो।

मन्त्रालयले बिहीबार (आज) दोस्रो पटकको जवाफ ३ दिनभित्र माग्दै पत्र पठाएको हो।

मन्त्रालयको असार ११ गतेको पत्रबाट तपाईंबाट सम्पादित कार्यसँग सम्बन्धित ९ बुँदाका विषयमा सात दिनभित्र जवाफ सहितको विवरण पेश गर्न नेपाल सरकार (माननीय मन्त्रीस्तरीय) निर्णयबाट लेखि पठाएको निर्धारित समय सीमाभित्र तपाईंबाट स्पष्ट जवाफसहितको विवरण पेश हुन नआएकाले के कति कारणले समयमा नै स्पष्ट जवाफ सहितको विवरण पेस नगर्नु भएको हो ? भन्दै पत्र पठाएको छ।

साथै तोकिएको समयमा स्पष्टीकरण नपठाए मन्त्री परिषदको निर्णयअनुसार कानुनबमोजिम अघि बढ्ने उक्त पत्रमा उल्लेख छ।

Total Page Visits: 120 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्