Saturday, May 18Nepal News Portal
Shadow

अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शन सुरु, निशुल्क प्रवेश


काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शनी आजबाट सुरु भएको छ । काडमाडौंको भृकुटीमण्डपमा उक्त प्रदर्शनी आयोजना गरिएको हो ।

हस्तकला प्रदर्शनीमा नेपाल, भारत र चीनका हस्तकलाका सामग्रीहरू प्रदर्शन गरिएको हस्तकला प्रदर्शनीका अध्यक्ष कपिल अधिकारीले बताए । साना तथा घरेलु उद्योगीहरूले हातले बनाएका सामानहरू प्रदर्शन भइरहेको उनले जानकारी दिए ।

“यो हस्तकलाका सामानहरू विश्व बजारमा धेरै प्रचलित भएका कारण व्यपारीहरू आफ्नो व्यपारको लागि यहाँ भ्रमण गर्छन्,” उनले भने, “नेपालमा पहिलो चोटि भएकाले अन्तर्राष्ट्रिय गरेको हो, हामी प्रदेश स्तरीय हस्तकला प्रदर्शन पनि गर्ने छौं ।”
खास गरी ग्रामीण भेगका उत्पादनलाई बढि प्राथमिकता दिएको अधिकारीले बताए ।

पछिल्लो समय हस्तकलाका सामाग्रीको मौलिकता हराउँदै गएको अधिकारी बताउँछन् । मौलिकतालाई झलकाउन यस्ता प्रदर्शन गरिने गरिएको उनी बताउँछन् । सम्बन्धित निकाएहरूले हस्तकलाका सामाग्री खपत बढाउन आवश्यक पहल गर्नुपर्ने उनी बताउँछन् ।

“हस्तकलाका सामाग्रीको खपत बढाउन सरकारबाट केहि पनि सकरात्मक कुराहरू पाएका छैनौं । मौलिक हस्तकला प्रदर्शन गर्न सरकारले सहयोग पनि गरेको छैन,” उनले भने । चिनजानका आधारमा हस्तकलाका सामाग्रीको प्रवद्र्धनका लागि कुरा गरेको भएपनि वास्ता नगरेको उनको गुनासो छ ।

यो प्रदर्शन वैशाख १० गतेसम्म रहने छ । प्रवेशका लागि शुल्क नतोकिएको उनले बताए । प्रदर्शनका लागि तीन करोड खर्च भएको उनी बताउँछन् । उक्त प्रदर्शनमा नेपालसहित विभिन्न देशका १०० वटा स्टल रहेका छन् ।

 

 

Total Page Visits: 214 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्