Saturday, May 11Nepal News Portal
Shadow

साउन ३२ गतेदेखि आइपीओ निष्कासन गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स


काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरेको आइपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो।

सोमध्ये कम्पनीले ९ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

बाँकी भएको सेयरमा ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ भने ४ लाख ८० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखिएको कम्पनीले बताएको छ।

सर्वसाधारणले १०० रुपैयाँ अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

सो आइपीओमा साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि भदौ १४ गतेसम्म लम्बिनेछ।

कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी ट्रिपल बी माइनस इस्युअरु रेटिङ प्रदान गरेको छ। यसले कम्पनी समयमा नै वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित रहेको जानकारी दिएको छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङबाट उपलब्ध गराएको मेरो सेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

Total Page Visits: 125 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्