Friday, May 3Nepal News Portal
Shadow

माग सम्बोधन नगरे तेस्रो चरणको आन्दोलन थाल्ने निर्माण व्यवसायीको चेतावनी


काठमाडौं । सरकारले निर्माणकार्यको भुक्तानी नदिएसम्म आन्दोलन जारी राख्ने व्यवसायीले चेतावनी दिएका छन् ।

शुक्रबार दोस्रो चरणको आन्दोलनको अन्तिम दिन उनीहरूले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि विरोध प्रदर्शन गरे । सोहीक्रममा व्यवसायीले सरकारले आफूहरूका माग सम्बोधन नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

विरोध कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विकास निर्माणका संवाहक निर्माण व्यवसायीलाई सरकारले धराशायी बनाउने काम गरेको आरोप लगाए । राजनीतिक पार्टीका कार्यकर्तालाई पोस्ने गरेर सरकारले बनाएको उपभोक्ता समिति खारेज गर्नुपर्ने माग पनि उनले गरेका छन् ।

व्यवसायीले ‘सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर’, ‘सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर’, ‘जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर’, ‘व्यावहारिक माइल स्टेन खारेज गर’, ‘गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिबद्धता’, ‘उपभोक्ताबाट निर्माणकार्य गर्ने नियम खारेज गर’, ‘खरिद नियमावलीको नियम ६ लाइ कडाइका साथ लागु गर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

Total Page Visits: 134 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्