Saturday, April 27Nepal News Portal
Shadow

४ जलविद्युत् कम्पनीले दिए हकप्रद निष्कासन गर्न निवदेन


काठमाडौं । ४ जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । लिवर्टी इनर्जी कम्पनी, ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीले भदौ २१ गते र बरुण हाइड्रोपावर कम्पनीले भदौ २२ गते हकप्रद शेयर निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएका हुन् ।
यी कम्पनीले कुल चार करोड ३३ लाख ७० हजार ९४२ कित्ता थप शेयर निष्कासन गर्न निवेदन दिएका हुन् ।
लिवर्टी इनर्जी कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न निवेदन दिएको हो ।

त्यस्तै ङादी ग्रुप पावर कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि निवेदन दिएको हो । यो कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड छ ।

सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

आँखुखोला जलविद्युत् कम्पनीले हाल कायम चुक्तापूूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद शेयर विद्यमान शेयरधनीलाई निष्कासन गर्नेछ ।

त्यस्तै बरुण हाइड्रोपावर कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

Total Page Visits: 133 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्