Friday, May 10Nepal News Portal
Shadow

एकै दिन उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ४८६ सवारी चालकलाई कारबाही


काठमाडौं, पुस १७ (ससं) । ट्राफिक प्रहरीले एकै दिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ४८६ जना सवारी चालकलाई कारबाही गरेको छ। उनीहरू बिहीबार ट्राफिक कारबाहीमा परेका हुन्।

ट्राफिक कारबाहीमा पर्नेमा सडक तथा फुटपाथमा पार्किङ गर्ने १६४ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने १७० जना रहेका छन्।

यस्तै, एकतर्फी सडकमा सो विपरीत चलाउने ६८ जना, सडक लेन पालना नगर्ने ९७ जना, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने ११० जना र सवारीसाधनको नम्बर प्लेट स्पष्ट नराख्ने २९ जना चालक पनि कारबाहीमा परेका छन्।

 

Total Page Visits: 478 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्