Monday, May 20Nepal News Portal
Shadow

फेरि बढ्यो पेट्रोलको मूल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर १८० रुपैयाँ पर्याएको छ ।

साथै, एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८०० रुपैयाँ पुर्याएको छ ।

यसअघि उद्योगमन्त्री दिलेन्द्र बडूले निगम घाटामा गइरहेको भन्दै एलपी ग्याँसमा अनुदान दिन नसकिने जानकारी गराएका थिए । एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँले बढाए पनि निगमलाई अझै प्रतिसिलिण्डर ८७९।७५ रुपैयाँ घाटा छ ।

त्यसैगरी डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर १६३ रुपैयाँ बनाइएको छ ।

निगम अझै पनि मूल्य समायोजनपछि पनि मासिकरुपमा एलपी ग्याँसमा ३ अर्ब रुपैयाँ, डिजलमा करिब ३ अर्ब ४० करोड रुपैयाँ, र पेट्रोलमा करिब १ अर्ब रुपैयाँ घाटा छ ।

साथै हवाई इन्धनतर्फ आन्तरिकका लागि प्रतिलिटर १० रुपैयाँले बढाएर १६६ रुपैयाँ बनाइएको छ ।

Total Page Visits: 911 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्