Monday, May 20Nepal News Portal
Shadow

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर विस्तार


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कोसी प्रदेशको डाँगीहाटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

कोसी प्रदेशको बेलबारी नगरपालिका वडा नम्बर ९ स्थित डाँगीहाटमा बैंकले शुक्रबार (आज) एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई र बैंकका कोसी प्रदेश प्रमुख राजीव गजुरेलले संयुक्त रूपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।

बैंकका कोसी प्रदेश प्रमुखले सेवाग्राहीहरूलाई एक्सटेन्सन काउन्टरमार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए ।

हाल बैंकले २९६ शाखा कार्यलय र ५१ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

Total Page Visits: 192 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्