काठमाडौं । ३ कम्पनीको ५५ लाख बढी कित्ता सेयर नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचिकृत भएको छ । सूचिकृत हुनेमा यूनाईटेड अजोड ईन्स्योरेन्स, हिमालयन एभरेष्ट र जीवन विकास लघुवित्त रहेका छन् । उक्त ३ वटा कम्पनीको ५५ लाख ९५ हजार ३९१ कित्ता बोनस सेयर बिहिबार नेप्सेमा सूचिकृत भएको हो ।
यूनाईटेड अजोडको १०.२६ प्रतिशतले हुने १९ लाख ५४ हजार ३२० कित्ता, हिमालयन एभरेष्टको ८.६२ प्रतिशतले हुने १९ लाख ८६ हजार २२४ कित्ता र जीवन विकासको १४ प्रतिशतले हुन आउने बोनस सेयर ६ लाख ५४ हजार ८४७ कित्ता सेयर सूचिकृत भएको हो ।