Tuesday, May 14Nepal News Portal
Shadow

माछापुच्छ्रे र ओम एक्सप्रेस पेमेन्टबीच रेमिट्यान्स सम्झौता


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र भारतमा रहेको ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौतापश्चात भारतमा रहेका नेपालीहरुले ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट नेपालमा सहज रुपमा पैसा पठाउन सक्ने छन् ।

यसरी पठाएको पैसा नेपालमा रहेका आफन्तलाई माछापुच्छ्रे बैंकका १५९ शाखा कार्यालय तथा १० हजार भन्दाबढी रेमिट्यान्स एजेन्टहरुमार्फत सहज रुपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सहकार्य गरि माछापुच्छ्रे रेमिट्यान्समार्फत् नेपालमा पैसा पठाउदाँ सेवा शूल्क कम लाग्ने बैंकले जनाएको छ ।

बैंकले १५९ वटा शाखा कार्यालय, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी २९२ स्थानमा रहेका सेवा सञ्जाल र १९९ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

Total Page Visits: 728 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्