Friday, September 19Nepal News Portal
Shadow

आयात–निर्यात दुवै घट्यो


काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा आयात–निर्यात दुवै घटेको छ । भन्सार विभागका अनुसार गत आवको यही अवधिको तुलनामा चालु आवमा ४.१७ प्रतिशतले आयात र ६.११ प्रतिशतले निर्यात घटेको छ ।

तीन महिनाको अवधिमा नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यसमा नेपाललाई ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ घाटा भएको छ । आयात–निर्यात दुवै घटेकाले यो घाटा गत आवको तीन महिनाको तुलनामा ३।९६ प्रतिशतले कम हो ।

साउनदेखि असोजसम्मको अवधिमा नेपालले ३ खर्ब ९० अर्ब ७२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । यही अवधिमा ३८ अर्ब ३७ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्