Friday, September 19Nepal News Portal
Shadow

जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्छ स् प्रधानमन्त्री


 

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गरेका छन् ।

“हामी विश्वस्त छौँ कि जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्र सङ्घको नेतृत्वले हामीलाई साझा समाधानका लागि अगाडि बढ्न निरन्तर मार्ग निर्देशन गर्नेछ, जुन हामी जस्ता कमजोर राष्ट्रहरूको अस्तित्वको लागि आवश्यक छ’’ प्रधानमन्त्री ओलीले भने, “विश्वभरको यो अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसङ्घका सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको छ । हामी शान्ति, सुरक्षा, दिगो विकास, र वातावरण संरक्षण प्रवर्द्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्नेछौँ ।’’

उनले नेपालको परराष्ट्र नीतिको एक अङ्गको रूपमा, सधैँ शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताको लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्तहरू पालना भइरहेको अवगत गराउँदै दुई ठुला छिमेकीहरूको बीचमा रहेको नेपालले ‘सबैसँग मित्रता र कसैसँग शत्रुता’ को नीति कायम राख्ने स्थितिमा रहेको पनि बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्