Friday, September 19Nepal News Portal
Shadow

स्थानीय तह उपनिर्वाचनः आज उम्मेदवारी दर्ता


काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले बताएको छ ।

३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै ५ मंसिरको दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।

त्यसपछि त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र निर्वाचन चिह्न पनि त्यसै दिन दिइनेछ । १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

४४ पदका लागि हुन लागेको उपनिर्वाचनका लागि ३८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

यसपटक २ जिल्ला समन्वय समिति प्रमुख, एकरएक नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्