Thursday, September 18Nepal News Portal
Shadow

नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन सकेनःअध्यक्ष राजेशकुमार


काठमाडौं। उद्योग परिसंघ (सिएनआई) अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन नसकेको जनाएका छन् ।उद्योग दिवसको अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको कार्यक्रमका बोल्दै उनले भने– ुनेपालमा उद्योग दर्ता, सञ्चालन प्रक्रियाका लागि उद्योग सँग सम्बन्धित नीतिहरू जटिल छन् । वन, खानी लगायत उद्योगमा आवश्यक कच्चापदार्थसँग सम्बन्धित नीतिहरू उद्योगमैत्री छैनन् ।ु

उद्योगमैत्री नीति नहुँदा वैदेशिक लगानीसमेत भित्रिन नसकेको उनको भनाइ ‘हालसम्म उद्योग क्षेत्रको योगदान १२।५ प्रतिशत मात्रै छ । माग दैनिक घटिरहेको छ । विदेशबाट आउने विप्रेषण बढेको छ । आन्तरिक उत्पादन घटेको छ,ु उनले भने ’ देशको राजनीतिक अस्थिरता र कमजोर औद्योगिक पूर्वाधार छ । पर्याप्त पुँजी तथा दक्ष जनशक्ति को अभाव छ । कच्चा पदार्थको अभाव आयातित वस्तुसँग स्वदेशी उत्पादनको प्रतिस्पर्धी क्षमताको कमी हुँदा उद्योगहरू सङ्कटमा छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्